बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमका नौ जिल्लामा पुग्ने भयो च्याम्पियन्स ट्रफी

dream cafe
learnar

डडेल्धुरा : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले च्याम्पियन्स ट्रफी प्रदेशका नौवटै जिल्लामा घुमाउने भएको छ ।

लगातार दुई सिजन उपविजेतामा सीमित बनेको रोयल्सले तेस्रो प्रयासमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

CNA

उपाधि जितेसँगै पहिलो सिजनमै गरिएको नौवटै जिल्लामा ट्रफी पुर्‍याउने घोषणा टिमले पूरा गर्न लागेको हो । आगामी मंसिर १३ गते अछामको बैजनाथ मन्दिरबाट सुरु हुने ट्रफी टूर मंसिर २० गते कैलालीको धनगढीमा सांगीतिक कार्यक्रमसहित समापन हुनेछ ।

यसक्रममा मंसिर १३ गते बिहान ८ : ३० बजे अछामको प्रसिद्ध बैजनाथ मन्दिरमा ट्रफी दर्शन र साँफेबगरसम्मको र्‍यालीबाट सुरु हुने यात्रा सोही दिन दिउँसो बाजुराको मार्तडी पुग्नेछ ।

Afano fm

त्यसपछि मंसिर १४ गते डोटीको शैलेश्वरी मन्दिर र डडेल्धुराको उग्रतारा मन्दिर, मंसिर १५ गते बैतडीको निङ्गलाशैनी, मंसिर १६ गते दार्चुलाको मालिकार्जुन, मंसिर १७ गते बझाङको चैनपुर र मंसिर १८ गते डडेल्धुराको परशुराम धाम हुँदै ट्रफी तराई झर्नेछ ।

मंसिर १९ गते कैलालीको टीकापुर, चिसापानी, लम्की, घोडाघोडी, अत्तरिया र कञ्चनपुरको महेन्द्रनगरस्थित दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ट्रफी पुर्‍याइनेछ ।

रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले खेल पर्यटनसँगै धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले ट्रफी टूर आयोजना गरिएको बताए ।

पहिलो सिजनमै सबै जिल्लामा ट्रफी घुमाउने घोषणा गरेको स्मरण गर्दै उनले यसपटक वाचा पूरा गर्न लागिएको बताए ।

टूरमा खेलाडी र व्यवस्थापन टोली सहभागी हुनेछन् । रोयल्सले आगामी सिजन नौवटै जिल्लामा प्रतिभा खोजी कार्यक्रम (ट्यालेन्ट हन्ट) सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.