

डडेल्धुरा : लागूऔषध मुद्दामा कैद र जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका–२ घर भई हाल अमरगढी नगरपालिका–४ खलंगा बस्ने ४२ वर्षीय रामबहादुर पुन रहेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले पुनलाई लागूऔषध मुद्दामा ६ महिना ३ दिन कैद र ११ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो अमरगढी नगरपालिका–३ स्थित आइत बजारबाट पक्राउ गरेको जनाएको छ।

