बोहरा मेडिको सेन्टर

टिपरको ठक्करबाट अकालमै अस्ताए डडेल्धुराका बरुण

dream cafe
learnar

डडेलधुरा :  धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका निवासी २८ वर्षीय बरुणप्रसाद भट्ट रहेका छन् ।

CNA

मंगलबार बिहान करिब ११ बजे धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भट्टको मृत्यु भएको हो।

Afano fm

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई तत्काल उपचारका लागि बैरेनी अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए।

स्थानीयको अवरोध हटेपछि अहिले सडक सञ्चालनमा आएको र सवारी आवागमन सामान्य बनेको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.