बोहरा मेडिको सेन्टर

सुदूर पहाडमा बढी कर दाखिला गर्ने तीन फर्म सम्मानित

dream cafe
learnar

डडेलधुरा : सुदूरपश्चिमका सात पहाडी जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्म तथा कम्पनी सम्मानित भएका छन् ।

राष्ट्रिय कर दिवस २०८३ को समापनका अवसरमा सोमबार आन्तरिक राजस्व कार्यालय, डडेलधुराले तीन फर्म तथा कम्पनीका प्रतिनिधिलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेको हो ।

CNA
Afano fm

गत आर्थिक वर्ष २०८१\०८२ मा कृषितर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने केदारनाथ कृषि सेवा केन्द्र, अमरगढी नगरपालिका–५, डडेलधुरा सम्मानित भएको छ ।

त्यस्तै, अन्य करदातातर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने ठगुन्ना जनरल स्टोर, महाकाली नगरपालिका–४, दार्चुला र प्रालितर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने जि.वी.एल. हार्डवेयर प्रालि, अमरगढी नगरपालिका–५, डडेलधुरा सम्मानित भएका छन् ।

आफ्नो सेवा क्षेत्रभित्र पर्ने सात पहाडी जिल्लाका बढी कर दाखिला गर्ने फर्म तथा कम्पनीलाई सम्मान गरिएको कार्यालय प्रमुख गगनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले कर तिरेर राष्ट्र निर्माणमा सघाउ पु¥याउन भूमिका खेलेको भन्दै उहाँहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशीको उपस्थिति रहेको थियो । सांसद जोशीले फर्मका प्रतिनिधिलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.