बोहरा मेडिको सेन्टर

राष्ट्रिय कर दिवस, डडेल्धुरामा प्रभातफेरी

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा डडेल्धुरामा प्रभातफेरीसहित शुभकामना आदानप्रदान गरेर दिवस मनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय डडल्धुराको आयोजना तथा उद्योग बाणिज्य संघ डडेल्धुराको समन्वयमा निकालिएको प्रभातफेरी अमरगढी नगरपालिका–५ तुफानडाँडा चोकबाट सुरु बागबजार, बसपार्क हुँदै उद्योग बाणिज्य संघ पुगेर समापन भएको थियो ।

CNA

‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिकको सहभागिता’ भन्ने नाराका साथ आयोजित प्रभातफेरीमा उद्योगी, व्यवसायी, विद्यार्थी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सरकारी कर्मचारीको सहभागिता रहेको थियो ।

सहभागीहरूले करसम्बन्धी विभिन्न जानकारीमूलक सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।

कर सप्ताह २०८३

कर दिवसको उद्धघाटन डडेल्धुराबाट निर्वाचित सांसद डा.ताराप्रसाद जोशीले गर्नुभएको थियो ।

राष्ट्रिय कर दिवसको अवसरमा एक सातासम्म कर सप्ताह मनाइने आन्तरिक राजस्व कार्यालय डडल्धुराका प्रमुख गगनबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २ गते महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई करदाता शिक्ष तथा सचेतना, ३ गते बजार अनुगमन गरी डिजिटल कर सेवा प्रवद्र्धन गर्न, विजक लिने दिने तथा कर कानुनको पालना गरि कर सहभागितामा अभिवृद्धिका लागि करदाताहरुलाई अभिमूखीकरण, ४ गते जोरायल गाउँपालिकाको कार्यालय डोटीबाट करदाता सेवा विस्तार सम्बन्धि कार्य सञ्चालन कार्यक्रमको उद्धघाटन तथा करदाता शिक्षा तथा अन्तक्रिया र ७ गते अन्तक्रिया तथा तीन जना धेरैभन्दा बढी आयकर तिर्ने उत्कृष्ट करदातालाई सम्मान तथा समापन गरिनेछ ।

नेपालमा आधुनिक कर प्रणालीअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) २०५४ मंसिर १ गतेदेखि लागू भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिएको हो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.