प्रचण्डका भाइ नारायण राष्ट्रियसभा अध्यक्षका उम्मेदवार

dream cafe
learnar

काठमाडौं : माओवादी केन्द्रले प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने भएको छ ।

आज बसेको माओवादी पदाधिकारी बैठकले नारायणलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

Ird

यसअघि हालका उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीको नाम पनि चर्चामा थियो।

HARDIK AGRo NEw

तर,अध्यक्ष प्रचण्डको प्रस्तावमा सबै पदाधिकारी सहमत भएपछि मनोनित कोटाबाट सांसद बनेका दाहालको पक्षमा पासा पल्टिएको हो।

नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने सहमति छ।

जसअनुसार एमाले, माओवादी, एकीकृत समाजवादी र जसपा एक ठाउँमा हुँदा दाहाल अध्यक्ष बन्ने निश्चित देखिन्छ।

प्रचण्डमाथि परिवारवादको चर्को आरोप लागिरहँदा फेरि उनले भाइलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.