

डडेल्धुरा : नेपाली कांग्रेसको केन्द्रीय सदस्य (युवा, सुदूरपश्चिम भूगोल) पदमा इन्जिनियर भुवनराज भट्ट विजयी भएका छन्।
सम्पन्न मतगणनाअनुसार भट्टले ३ हजार ५२९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा जित हासिल गरेका हुन्।

उनी विजयी हुँदा परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशी भने पराजित भए।
जोशीले ७४० मत प्राप्त गरेका छन्।
त्यस्तै, योगेन्द्र रावलले ८९८, सन्तोष खड्काले ८१८ र धिरज शाहीले ६६० मत प्राप्त गरेका छन्।
कुल ६ हजार ८७३ मत खसेको थियो।
सुदूरपश्चिम भूगोलबाट युवा क्लस्टरअन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो।

