बोहरा मेडिको सेन्टर

डडेल्धुराबाट महामन्त्रीको तयारी, नैनसिंह महर जिल्ला दौडाहामा

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीसहित जिल्ला दौडाहा तीव्र बनाएका छन्।

गृह जिल्ला डडेल्धुरा कांग्रेसले उनलाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि महरले प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्तासँग भेटघाट र छलफललाई तीव्रता दिएका हुन्।

CNA

असोज १८ देखि २१ गतेसम्म हुने महाधिवेशनलाई लक्षित गर्दै महरले धनगढी, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर र चितवनका कांग्रेस नेता–कार्यकर्तासँग भेटघाट गरिसकेका छन्। यी बाहेकका कतिपय जिल्लामा उनी पुगिसकेका छन्। भने कतिपय जिल्लामा पुग्ने तयारीमा छन्।

महरले कांग्रेसलाई समयसापेक्ष बनाउने एजेन्डासहित महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्।

Bohora ma 1

उनले गुट–उपगुटभन्दा स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै कांग्रेसलाई प्रभावशाली पार्टीका रूपमा अघि बढाउने लक्ष्य रहेको बताएका छन्।

नेविसंघको अध्यक्षका रूपमा काम गरेका महरले करिब दुई दशक विद्यार्थी राजनीतिमा बिताएका छन्।

राजनीतिशास्त्रमा एमफिल गरेका उनी हाल पीएचडी अध्ययनरत छन्।

देउवा सभापति रहँदा महरले कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुखका रूपमा समेत काम गरेका थिए।

उनी ‘स्कुल अफ डेमोक्रेसी’का संस्थापक तथा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सभापतिसमेत हुन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.