

डडेल्धुरा: अमरगढी नगरपालिकाका पूर्व नगरप्रमुख विशेश्वरप्रसाद ओझा (विपिन) ले भूमिराज प्राथमिक विद्यालय, बागचौरमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

कुशेऔँशीको अवसर पारेर शुक्रबार ओझाले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन्।

यसअघि पनि उनले भागेश्वर माध्यमिक विद्यालय, टाँटरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए।

