सम्बन्ध सुधार्दै एमाले र समाजवादी, ओलीले नेपाललाई भने : सम्बन्ध सुधारौँ

dream cafe
learnar

काठमाडौं : एमाले र उक्त पार्टीबाट विभाजित एकीकृत समाजवादीबीचको सम्बन्धमा सुधार आएको छ ।

आज शनिबार काठमाडौंको जहरसिंह पौवामा अनेमसंघ (समाजवादी) ले आयोजना गरेको पिकनिकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको बारेमा सकारात्मक टिप्पणी गरेबाट उक्त कुरा झल्किएको हो ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

नेपालले भने, ‘हिजो राति केपी कमरेडले फोन गर्नुभयो। भन्नुभयो, पहिला तपाईं र मेरो सम्बन्ध सुधारौँ। अनि अरु कुरा सुध्रिदै जान्छ। उहाँले ठीक भन्नुभयो। राम्रो गर्नुभएको छ। राम्रो गरेकोलाई राम्रो भन्नुपर्छ।

अहिले बाम एकताको कुरा अगाडि बढेकै कारण एकीकृत समाजवादी सरकारमा सामेल भएको उनको भनाइ थियो। नयाँ गठबन्धन बनाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त पार्टीलाई शुरूमा बेवास्ता गरेकोमा आजै बिहान पनि माफ मागेको उनले सुनाए।

‘पटकपटक सरी भनिसकेपछि अब प्रचण्ड कमरेडले किन वास्ता गर्नुभएन भन्ने कुरा पनि गर्नुहुँदैन’, नेपालले भने, ‘अब जे हुन्छ, राम्रो हुन्छ।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.