
- मदनराज पाण्डेय
प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी नेपालको संविधानको धारा ३५मा भनिएको छ र यसलाई मौलिक हकको रुपमा राखिएको छ।

यसै गरि जनस्वास्थ्य सेवा ऐन, २०७५ले आधारभुत स्वास्थ्य सेवा” भन्नाले दफा ३ को उपदफा (४) बमोजिम आम नागरिकको स्वास्थ्य आवश्यकता पूर्तिका लागि राज्य बाट सुलभ रुपमा निसुल्क उपलब्ध हुने प्रबर्धनात्मक, प्रतिकारात्मक, निदानात्त्मक, उपचारात्मक पुनःस्थापनात्मक सेवा भनिएको छ।
यसका साथै संघ तथा प्रदेश सरकारको समन्वयमा स्थानीय तहले आधाभुत स्वास्थ्य सेवा, प्रत्येक नागरिकलाई देहायका शीर्षक अन्तर्गत र तोकिए बमोजिमका आधारभूत निःशुल्क प्राप्त गर्ने हक हुनेछ भनिएको छ।
(क) खोप सेवा
(ख) एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा, गर्भावस्था, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य जस्ता मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवा,
(ग) सरुवा रोग सम्बन्धी सेवा
(घ) नसर्ने रोग तथा शारीरिक अपाङ्गता सम्बन्धी सेवा
(ङ) मानसिक रोग सम्बन्धी सेवा
(च) ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धी सेवा
(छ) सामान्य आकस्मिक अवस्थाका सेवा
(ज) स्वास्थ्य प्रवर्द्धन सेवा,
(झ) आयुर्वेद तथा अन्य मान्यता प्राप्त वैकल्पिक स्वास्थ्य सेवा,
(ञ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना जारी गरी तोकेका अन्य सेवा।
यदि माथि उल्लेखित सेवा मध्ये अरु सेवा थप गर्नु परे सो सेवाको नेपाल राजपत्रमा सुचना प्रकाशित गर्नु पर्ने छ भनिएको छ।
जसरी विश्वभरि नसर्ने रोगको भार द्रूतगतिमा बढिरहेको छ र यसले महामारीको रुप लिहिरहेको यसलाई रोकथाम गर्नु मात्रै एक अचुक उपाय हो।
WHO (विश्व स्वास्थ्य संगठन) अनुसार विश्वभरिका प्रमुख नसर्ने रोग (Non-Communicable Diseases, NCDs) चार मुख्य समूहमा वर्गीकृत गरिन्छन्:
हृदय तथा रक्तनली सम्बन्धी रोग (Cardiovascular diseases – CVDs) मुटुको रोग, हृदयघात (Heart attack), स्ट्रोक (Stroke) आदि।
क्यान्सर (Cancer) विभिन्न प्रकारका क्यान्सरहरू जस्तै फोक्सो, स्तन, पाठेघर, मुख तथा अन्य क्यान्सर।
दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग (Chronic Respiratory Diseases – CRDs) दम (Asthma), दीर्घ अवरोधात्मक फोक्सो रोग (COPD) आदि।
मधुमेह (Diabetes Mellitus) : टाइप १ र टाइप २ मधुमेह तथा यसका जटिलताहरू
WHO ले यी चार रोग समूहलाई विश्वभर हुने नसर्ने रोगका कारण हुने मृत्यु र रोगभारको मुख्य कारण मानेको छ।
यी रोगहरू प्रायः तम्बाकु सेवन, अस्वस्थ आहार, शारीरिक निष्क्रियता र हानिकारक मदिरा सेवन हुन्।
नसर्ने रोगको भार हेर्ने हो भने नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा नसर्ने रोग (NCDS) ले ओगटेको छ।
यदि नेपालमा आधारभुत स्वास्थ्य सेबा प्रदान गर्न्ने सँस्थाले (प्राथमिक स्वास्थ्य सेवा केन्द्र, हेल्थ पोस्ट, आधारभुत स्वास्थ्य सेवा केन्द्र) हरुले पेन प्याकेज तालिम बमोजिम हरेक स्वास्थ्य सेवा केन्द्रमा Chronic Disease counselling and Management Room ( CDCMR) स्थापना गरि स्वास्थ्य चौकीमा NCD Corner गर्ने र एउटै स्थानमा Screening, Counseling, औषधि र Follow-up सेवा उपलब्ध गराइ नसर्ने रोग को लागि पेन प्याकेजले उपलब्ध गराए बमोजिमको औसधि नियमित स्वास्थ्य सस्थामा आपुर्ति ब्यबस्थापन गर्न सकियो भने नसर्ने रोग सङ्ग लड्ने एउटा बलियो हतियार साबित हुन सक्छ। र, त्यसका साथै थप कुराहरु जस्तै
१. डिजिटल NCD हेल्थ कार्ड :
प्रत्येक नागरिकको BP, Blood Sugar, BMI, धूम्रपानको अवस्था आदि डिजिटल रूपमा स्वास्थ्य चौकीमा अभिलेख राख्ने।
मोबाइल नम्बरमार्फत फलोअप र औषधि सेवनको रिमाइन्डर पठाउने।
२. FCHV लाई NCD च्याम्पियन बनाउने
महिला स्वास्थ्य स्वयंसेविकालाई BP, मधुमेह जोखिम मूल्यांकन र जीवनशैली परामर्शमा थप तालिम दिने।
प्रत्येक टोलमा मासिक NCD जोखिम मूल्यांकन गर्ने।
३. “एक गाउँ–एक स्वास्थ्य क्लब”
स्थानीय युवालाई स्वास्थ्य स्वयंसेवक बनाएर बिहान हिँड्ने, योग, साइकल अभियान सञ्चालन गर्ने।
समुदायमा नियमित “Healthy Lifestyle Challenge” आयोजना गर्ने।
४. मोबाइल एपको प्रयोग
औषधि खाने समय र स्वास्थ्य परीक्षणको सूचना पठाउने।
५. विद्यालयबाट NCD रोकथाम
विद्यालयमा “Healthy School Program” सञ्चालन गर्ने। विद्यार्थीमार्फत परिवारमा स्वस्थ खानपान र व्यायामको सन्देश पुर्याउने।
६. कार्यस्थल स्वास्थ्य कार्यक्रम
सरकारी कार्यालय र निजी संस्थामा वार्षिक BP, Blood Sugar, BMI परीक्षण अनिवार्य गर्ने।
कार्यालयमा “Healthy Canteen” नीति लागू गर्ने।
९. समुदायमा प्रोत्साहन (Incentive)
नियमित स्वास्थ्य परीक्षण गर्ने, धूम्रपान छोड्ने वा तौल नियन्त्रण गर्ने व्यक्तिलाई स्थानीय सरकारले सम्मान वा साना प्रोत्साहन प्रदान गर्ने।
१०. Telemedicine विस्तार
दुर्गम स्वास्थ्य चौकीलाई विशेषज्ञ चिकित्सकसँग भिडियो परामर्शद्वारा जोड्ने। जटिल बिरामीको समयमै व्यवस्थापन गर्ने।
११. स्थानीय सरकारको “Healthy Municipality Index”
प्रत्येक पालिकाको NCD नियन्त्रण कार्यसम्पादन मूल्याङ्कन गर्ने। उत्कृष्ट पालिकालाई पुरस्कार र थप बजेट उपलब्ध गराउने।
१२. सामाजिक सञ्जाल र गेमिफिकेशन
“30-Day Healthy Life Challenge” जस्ता अभियान सञ्चालन गर्ने। युवालाई आकर्षित गर्न मोबाइल एपमा अंक (points), ब्याज (badges) र पुरस्कार प्रणाली राख्ने स्थानीयतह बाटै यी कार्यक्रम लागु गर्न सके केहि हदसम्म नसर्ने रोग सङ्गको लडाई केहि हद सम्म सजिलो हुन सक्छ।
लेखक पाण्डेय जन स्वास्थ्य निरीक्षक हुन्।

