नेकपा एसबाट जोशी र बुढा मन्त्री बन्ने

dream cafe
learnar

काठमाडौं: नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन्।

पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो।

बझााङबाट चुनाव जितेका जोशी प्रतिनिधि सभाको शिक्षा समितिका सभापति थिए। बुढाले भने डोल्पाबाट चुनाव जितेका हुन्।

उनी २०७६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका थिए।

उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाइ छ। योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.