विश्व उपभोक्ता अधिकार दिवस डडेल्धुरामा पनि मनाइयो (फोटो फिचर)

dream cafe
learnar

डडेल्धुराः विश्व उपभोक्ता अधिकार दिवस डडेल्धुरामा पनि मनाइएको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजना र अमरगढी नगरपालिकाको सहयोगमा दिवस मनाइएको हो।

हरेक वर्ष मार्च १५ मा उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ।

 

सधै बजार अनुगमनमा मात्रै जोड दिनुभन्दा पनि कहिले काँही बजार र बिक्रेताहरूको क्षमता विकासका लागि सचेतना मूलक कार्यक्रम गरौं भन्ने हेतुले जिल्लास्थित सबै विषयगत कार्यालयका प्रतिनिधिहरूलाई समावेश गरेर दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सूचना अधिकारी जितेन्द्रप्रसाद ओझाले जानकारी दिए।

उपभोक्ता, बजार र बिक्रेताहरूलाई सचेत गर्ने उद्श्यले जिल्ला प्रशासन कार्यालय हुँदै बागबजारदेखि तुफान्डाँडासम्म ¥यालीसहित कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ। वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति छ।

अजयमेरु फाैजी केरा

त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकारलगाएत प्रत्याभूत गरिएको छ।

तर, कानुनमा स्पष्ट व्यवस्था रहेको उपभोक्ता अधिकार र क्षतिपूर्तिको कार्यान्वयन भने फितलो छ। बजार, यातायात, विद्युत्, खानेपानी, बैङ्क तथा वित्तीय संस्था, खाद्यान्नलगायत वस्तु तथा सेवा लिने क्रममा ठगी बढ्दो छ।

सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन् भन्दै ‘बिल अफ राइट’ को घोषणा गरेका थिए।

त्यसैको सम्झनामा मार्च १५ तारिखमा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ। सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ तारिखसम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रुपमा मनाउन आह्वान गर्दै आएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.