

डडेल्धुरा : अमरगढी नगरपालिका स्तरीय जुनियर कराँते च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ।

आज एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले गरेका हुन्।

असोज २४ र २५ गते सञ्चालन हुने प्रतियोगितामा जुनियर कराँते खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताले बालबालिका तथा युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै कराँते खेलको विकास र प्रतिभावान् खेलाडीको पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


