बोहरा मेडिको सेन्टर

इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधाम ‘अजयमेरुकोट’

dream cafe
learnar

डडेल्धुरा : जयमेरुकोट ऐतिहासिक सम्पदा हो। ग्रीष्मकालीन राजधानी अजयमेरुकोट र शीतकालीन राजधानी दिपायल थियो।

अजयमेरु गाउँपालिका-२ मा पर्ने कोटमा ऐतिहासिक सम्पदा छन्। दरबारका भग्नावशेष, देवल, गुफा, नाउला, सुरूङ, पोखरी आदि सम्पदा यहाँ देख्न सकिन्छ।

CNA

अजयमेरुकोटमा बसेर केही राजाले शासन चलाएका थिए। दरबारको निर्माण सम्बन्धमा धेरैथरी भनाइ प्रचलित छन्।

एउटा भनाइअनुसार कत्युरी वंशका राजा अजयपाल देवले एघारौ शताब्दीमा यसको निर्माण गरेका हुन्। उनकै नामबाट अजयमेरुकोट भनिएको हो।

यहाँ ढुङ्गाका धेरै कलाकृति निर्माण गरिएको अजयमेरुकोट गाउँपालिकाका अध्यक्ष उमेश भट्ट बताउँछन्।

GBL NEW

उनले विसं १४४९ देखि करिब ९ वर्ष शासन चलाएका थिए। यहाँका ऐतिहासिक सम्पदाको संरक्षण र इतिहासको गहिरो अध्ययन एवम् विश्लेषण हुनै बाँकी छ।

यसमा पुरातत्व विभाग र स्थानीय गाउँपालिकाले सक्रियता देखाउनु पर्छ। बल्ल अजयमेरुकोट ऐतिहासिक पर्यटनघामका रूपमा चम्किने छ।

यो क्षेत्रलाई इतिहास, प्रकृति र सस्कृक्तिको त्रिवेणीधामका रूपमा चिनाउन सकिनेछ।

डडेल्धुरा सदरमुकामबाट करिब ८ किलोमिटर पश्चिममा पर्दछ, अजयमेरुकोट। कोटबाट ५ सय मिटर नजिकसम्म कच्ची सडक छ।

खाना र बास सुविधाका लागि यहाँको हाटगाउँमा होमस्टे सञ्चालित छन्। सम्भावना बोकेका थुप्रै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा छन्।

तर, तिनको राम्रो प्रचारप्रसार हुन सकेको छैन। सरोकारवालाले पर्यटकीय पूर्वाधार विकास गर्दै हाम्रा महत्वपूर्ण सम्पदाको डिजिटल मार्केटिङमा जोड दिनै पर्छ।

गणेशबहादुर मगर
मगर डडेल्धुरामा बसेर पत्रकारिता गर्नुहुन्छ। उनको यो लेख बुद्ध एयरको जनवरी महिनाको यात्रा अंकबाट साभार गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.