बोहरा मेडिको सेन्टर

घटालथानमा घटोत्कचको आशीर्वाद

dream cafe
learnar

कृष्णराज बोहरा
डडेल्धुरा : महाभारतका पात्र घटोत्कचनै घटालबाबा हुन्। उनी पाण्डव पक्षका भीमपुत्र। उनकी आमा राक्षसवंशकी हेडम्बा। घटोत्कच शूरवीर थिए।

उनले महाभारत युद्धमा कौरव पक्षको ठूलो क्षति  पुर्याए। पछि कर्णले इन्द्रदेवबाट प्राप्त शस्त्र प्रहार गरेर उनको हत्या गरिदिए।

CNA

यिनै घटोत्कचलाई डडेलधुरामा घटालबाबाका रूपमा पुजिन्छ। डोटीगाडको बीचमा घटालथान छ।

अमरगढी नगरपालिका-३ मा अवस्थित घटालथानमा बाबाका मूर्ति छन्। घटालथान वरपर चारै दिशामा डुडेश्वर मन्दिर छन्। त्यस्तै घटालक्षेत्रमा कैलपाल, असीग्राम महादेव, भगवती आदिका मन्दिर पनि छन्।

घटाल दर्शन गरेमा सन्तान प्राप्त हुने, आयु बढ्ने, समृद्धि हुने जनविश्वास छ। समग्रमा यिनलाई मनोकामना पुन्याइदिने देवता भनिन्छ।

यहीं हरेक वर्ष वैशाख २ गते र कात्तिक शुक्ल पूर्णिमाका दिन मेला लाग्छ। असीग्राम मन्दिरमा भने विजया दशमीका दिन मेला लाग्छ।

घटालबाबा साक्षात् देवता हुन्। यस क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउन डोटीगाडमा बाँध बाँधेर ताल बनाउने योजना छ। त्यसपछि डुङ्गा चलाउने छाैं। साथै यहाँका प्राचीन सम्पदा उत्खनन, संरक्षण एवम् सजावट गर्ने योजना छ।

GBL NEW

घटालबाबालाई पञ्चरङ्गी नेजा, बोका, घण्ट आदि चढाइन्छ। आइतबार, औसी, एकादशी, साउन, पुस र माघमा बलि चढ्दैन।

मन्दिर क्षेत्रमा हरेक मङ्गलबार र शनिबार स्थानीय कलाकारहरुले दमाहा बजाउँछन्। त्यस्तै जाँत (जात्रा) मा पनि बाजागाजाको धुनले घटाल क्षेत्र गुन्जिन्छ।

घटालथानको सम्बन्ध अजयमेरुकोटसँग जोडिएको छ। अजयमेरुकोटका राजा नागी मल्लले भारत, उत्तराखण्डको कतुर भन्ने ठाउँकी राजकुमारी बिहे गरेका थिए।

दाइजोमा घटालबाबाको मूर्ति पनि ल्याइएको थियो। तिनै घटालबाबालाई यहाँ स्थापना गरिएको हो।

दाइजोसँगै घटालबाबाको सेवामा पठाइएकाहरु घटालथान वरपर बसे।

डडेल्धुरा बजारबाट साँढे ६ किलोमिटर पश्चिममा पर्दछ, घटालथान। थानसम्मै पक्की सडक बनाइएको छ। यहाँको चम्साल गाउँमा खाजाघर छन्।

होटल तथा लज सुविधा भने छैन्। त्यसैले डडेल्धुरा बजारमा बसेर घुमफिर गर्नुपर्छ।

  • लेखक बोहरा घटाल क्षेत्र विकास समितिका अध्यक्ष हुन्। उनको यो लेख बुद्ध एयरको जनवरी महिनाको यात्रा अंकबाट साभार गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.