डडेल्धुरा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

शनिबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी मालले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन्।

GBL NEW

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउँदले बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताए।

नेपालमा सरकारले १३ प्रकारका खोपहरू निःशुल्क रूपमा उपलब्ध गराउने उनले बताए। यी अधिकांश खोपहरू शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ।

    

स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डा. जगदीश जोशीले जिल्लालाई पूर्णखोप सुनिश्चितता गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले बालबालिकाका लागि खोप उपयुक्त रहेकोले अनिवार्य खोप लगाउनु पर्ने बताए।

‘खोप उपयुक्त रहेको छ। यस्तो खालको कार्यक्रम तीनै तहको सरकारले गर्नु पर्ने हुन्छ। १३ वटा गम्भीर रोगबाट बचाउन खोपले सहयोग गर्दछ,’ उनले भने, २०६९ सालमा अछामको भागेश्वर गाविसबाट सुरु भएको अभियानले अहिले सार्थकता पाइरहेको छ।’

उनले अझै नेपालमा खोप नपाएको बालबालिकाको संख्या चार प्रतिशत र आशिंक खोप पाएको बालबालिकाको संख्या १६ प्रतिशत रहेको बताउँदै ८० प्रतिशत बालबालिका मात्रै खोपको पहुँचमा रहेको बताए।

शून्य डोज खोप अन्त्य गर्नुपर्ने र प्राण घातक रोगबाट वच्न खोप अनिवार्य लगाउनु पर्नेमा उनले जोड दिए।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपाने खोपमा अहिले गरेको लगानीले पछि सार्थकता पाउने बताए। उनले भने, ‘हामीले अहिले खोप उपलब्ध गराएमा बालबालिका स्वस्थ हुन्छन्। हामी राष्ट्र निर्माणको कुरा गछौं। अबको २०/२५ वर्षपछि राष्ट्र कस्तो बनाउने भन्ने कुरा खोपमा निर्भर रहन्छ।’

तीनै तहको सरकार र गैरसरकारी संघ/संस्थाको सहयोगमा जिल्ला पूर्णखोप सुनिश्चितता भएकोमा उनले खुसी व्यक्त गरे।

खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए।

अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जिल्ला पूर्णखोप सुनिश्चितता भएर संघीयताको प्रत्याभूति गराइदिएको बताए। उनले खोप केन्द्र धेरै भएपनि नतिजा कमजोर देखिएको बताए।

उनले अजयेमरूले बालबालिका विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरेको भन्दै अरू स्थानीय तहलाई पनि त्यस्तै गर्न अनुरोध गरे।

सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी मालले खोप सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार भएको बताइन्। उनले बालबालिकालाई स्वस्थ राख्नको लागि सुदूरपश्चिम सरकार सधै तयार रहेको बताइन्।

कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेल्ने स्वयम्सेवीका तथा स्वास्थ्यकर्मीलाई दोसल्ला ओडाएर प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

दुई वर्ष मुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धुनष्टंकार, हेपाइटाटिस बी, हेमोफिलस इन्फ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा रुबेला लगायत १३ प्रकारका रोगबाट बचाउन खोपहरू दिने गरिन्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.