गए पिठ्युँमा ग्यालिन बोक्ने दिन

dream cafe
learnar

डडेल्धुराः ‘गाउँमी पानी थिएन्, पानी खोज्जु पडन्थ्यो। कभइ नोला, कबही खोला है ल्याउँथ्या,’ अजयमेरु गाउँपालिका–१ पालिकी पार्वती भट्टले भनिन्, ‘आब भड्या तसा दु:खका दिन गया घरइलाई पानीको धारो आयो।’

भट्टलाई अहिले बुढ्यौली उमेरले छुन थालेको छ। तर, पानीका लागि गरेको दुःख सम्झिँदा उनको मन अमिलो हुन्छ। ‘कपडा धुनाइलै समस्या थ्यो। एक घुट पानी लै काँही पियूँ भन्नुहुन्थ्यो, बा !,’ उनले भनिन्।

GBL NEW

‘अब पिठ्युँमा ग्यालिन र टाउकोमा फोलो (तामाको भाँडो) राखेर पानी बोक्ने दिन गए,’ विगत सम्झिँदै उनले भनिन्।

भट्ट जस्तै, पालि गाउँका स्थानीय अहिले घरआँगनमै पानीका धारा आएपछि दंग छन्।

पहिले खानेपानीको चरम समस्या रहेको बताउँदै स्थानीय प्रकाश भट्टले भने, ‘चैत बैशाखको समयमा बाहिरबाट मान्छे आएर पानी मागेपछि अफ्ठ्यारो हुन्थ्यो। तर, अब त्यो समस्या समाधान भयो। घरमै पानी आयो।’

अजयमेरु गाउँपालिका–१ का वडाअध्यक्ष दत्तिसिंह भण्डारीले ०७४ सालको स्थानीय तहको निर्वाचनको समयमा गाउँमा आउँदा स्थानीयले पानीको समस्या भोग्नु परेको स्मरण गरे। उनले भने, ‘पहिले भएका धारामा पानी थिएन्। घरमा भएका सबै खाली भाँडाकुँडा त्यहीँ धारामा राखिएको हुन्थ्यो।’

बनेको खानेपानी योजना संरक्षण स्थानीयबाटै हुनु पर्ने वडाअध्यक्ष भण्डारीको भनाइ छ। गाउँमा वर्षोपछि खानेपानी आएको बताउँदै उनले यसको संरक्षण उपभोक्ताको पहिलो प्राथमिकता हुनुपर्ने बताए।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक सहयोग र जन श्रमदानमा गाउँमा खानेपानी पु¥याइएपछि स्थानीयको वर्षौंदेखिको पानी संकट पार लागेको हो।

पालि बकैल खानेपानी आयोजनाबाट ५३ घर धुरी संख्या रहेको यहाँका ३४७ जना नागरिक लाभान्वित भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराका इन्जिनियर धिरज ऐरले जानकारी दिए।

उनकाअनुसार एक करोड ४९ लाख १६ हजार ९ सय ९५ नेपाल सरकारको र बाँकी जन श्रमदान गरि कुल एक करोड ८८ लाख ८४ हजार ४ सय १२ रूपैया लागतमा खानेपानी योजना सम्पन्न भएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.