CAMBRIDGE PUBLIC SCHOOL

भूमिगत सिँचाइ योजना बिग्रदा चक्रको मोती उत्पादन गर्ने सपना तुहिँदै

डडेल्धुरा : सुदूरपश्चिममा पहिलो पटक सरकारी अनुदानमा परशुराम नगरपालिका–४ कटालका चक्र मालले मोती उत्पादनको तयारी थाले ।

घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराको सम्भाव्यता अध्ययन पश्चात् कटालमा आवश्यक पूर्वाधार निर्माणसहित उनले मोती उत्पादनको थालनी गरे ।

उनीसँग घरेलु तथा साना उद्योग कार्यालयले झण्डै २५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।

जसमा उनलाई घरेलुले ८० प्रतिशत अनुदान दियो भने २० प्रतिशत उनले स्वयम् लगाए ।

जस अन्र्तगत उनले पोखरी निर्माण गरे । मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्ने भएकोले चक्रले भारतको हरियाणाबाट सिपी ल्याए ।

‘कार्यक्रम  ०८० को असार मसान्तमा आयो । त्यति बेलै कार्यक्रम सम्पन्न गर्नुपर्ने । गर्मी समयमा सिपीलाई सर्जरी गर्न समस्या हुन्छ । त्यसको लागि चिसो समय चाहिन्छ,’ उनले भने, ‘त्यो समयमा सबै सिपी मरे । मलाई घाटा भयो ।’

दोस्रो लर्टमा ३५ सय सिपी ल्याएर सर्जरी गरेर पोखरीमा राखेको चक्र बताउँछन् ।

तर, भूमिगत सिँचाइ योजना (बोरिङ) बिग्रँदा उनको मोती उत्पानको सपनामा तुहिँदै छ । पोखरीमा राखेका अधिकांश सिपी मरिसकेको उनको भनाइ छ ।

‘सम्भाव्यता अध्ययनको क्रममा बोरिङको पानीमा राम्रो देखिएको थियो । तर, ४/५ महिनादेखि बोरिङ बिग्रिदा धारको पानी प्रयोग गरिरहेको छु । मिटर जडान गरेको धाराको पानीले पोखरी भर्न ४/५ दिन लाग्छ फेरी नोक्सान भएको छ,’ उनले भने ।

उनले आफ्नै लगानीमा बोरिङ सञ्चालन सम्भव नभएको बताए । हरियाणाबाट एउटा सिपी कटाल पुर्याउँदा डेढ सय लाग्ने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘पहिलो लर्टमा आफ्नो ५ लाख र बाँकी घरेलुको लागेको हो । अहिले फेरी व्यक्तिगत ४ लाख लागेको छ ।’

प्रदेश भौतिक पूर्वाधार विकास कार्यालय अन्तगर्तको भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयको करिब ५० लाख रुपियाँ लागतमा आर्थिक वर्ष २०७५/७६ मा सो योजना पूरा भएको थियो । बिग्रिएको मोटर परिवर्तन नगरिँदा कटालवासीको ५० बिघाभन्दा बढी खेतमा रोपाइँ समेत गर्न सकिएको छैन् ।

मोटर खरिद र पाइप मर्मतका लागि भूमिगत पाइप र मोटर निकाल्न प्रविधियुक्त गाडी नै भाडामा लिएर कैलालीबाट मगाउनुपर्ने भएकाले मर्मत हुन नसकेको वडाध्यक्ष विश्रामसिंह बोहोराले बताए ।

Leave A Reply

Your email address will not be published.