
डडेल्धुरा : नेपाल निर्माण व्यवसायी महासंघ को २६औँ साधारण सभा तथा १३औँ अधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका युवा निर्माण व्यवसायी लक्ष्मणबहादुर साउदले केन्द्रीय सदस्य (खुला तर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
चैत १७, १८ र १९ गते आयोजना हुने अधिवेशनलाई लक्षित गर्दै हाल सुदूरपश्चिम प्रदेशका उपाध्यक्षसमेत रहेका साउदले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।


लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय साउदले सम्पूर्ण निर्माण व्यवसायीहरूलाई एकजुट भई आफूलाई विजयी गराउन समर्थनको अपिल गरेका छन्।
उनले निर्माण क्षेत्रको सुधार, व्यवसायीहरूको अधिकार संरक्षण तथा नीतिगत सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
महासंघको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले निर्माण क्षेत्रको भावी दिशा निर्धारणका लागि यसलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ।



