बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु [नामसहित]

dream cafe
learnar

डडेल्धुरा : बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा  ८ जनाको मृत्यु भएको छ।

आज  बेलुका बैतडीको पुर्चैडी नगरपालिका-७, बडचौर स्थित ढोल्यामोडमा बझाङतर्फ जन्ती बोकेर जाँदै गरेको सुपप्र ०२-००१ख १११९ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो।

Amargadhi Education

प्रहरीले बस अनियन्त्रीत भई करिब दुई सय मिटर तल खसेको जनाएको छ।

अजयमेरु फाैजी केरा

दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।

मृतक र घाइतेमध्ये १८ महिला र २७ पुरुषको उद्वार गरिएको बैतडी प्रहरीले जनाएको छ। तर, बसमा सवार कति थिए भनेर एकिन हुन सकेको छैन्।

मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णु दत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन्।

यस्तै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोह देव भट्ट, जयपृथ्वी नगरपालिका-७ का ४० वर्षीय बसन्त राज रतला र पुर्चौडी नगरपालिका-७ की ४० वर्षीय पुष्पा अवस्थीको पनि मृत्यु भएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.