शेरबहादुर देउवा नउठ्ने भएपछि डडेल्धुरामा नैनसिंह महरले पाए कांग्रेसको टिकट

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेसँगै नेपाली कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ।

कांग्रेस उच्च स्रोतका अनुसार डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदका लागि नैनसिंह महरले पार्टीको टिकट पाएका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

देउवाले निर्वाचन नलड्ने स्पष्ट गरेपछि पार्टीले महरलाई उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले जनाएको छ।

कांग्रेस डडेल्धुराका एक नेताले महरले टिकट पाएको पुष्टि गर्दै भने, ‘देउवा दाइ नउठ्ने भएपछि पार्टीले नैनसिंह महरलाई अघि सारेको हो। टिकट दिने निर्णय भइसकेको छ।’

यसअघि डडेल्धुराबाट भानु देउवा, भीमबहादुर साउद, गोविन्द बोहरा लगायतका नेताहरूको पनि उम्मेदवारीको चर्चा चलेको थियो। तर अन्ततः पार्टीले नैनसिंह महरलाई उम्मेदवार बनाएको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.