सुदूरपश्चिममा कार्यरत एसएसपी रानाभाटले दिए राजीनामा

dream cafe
learnar

डडेल्धुरा : नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले संगठनबाट राजीनामा दिएका छन्।

सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका हुन्।

अजयमेरु फाैजी केरा

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले बताए। उनको राजीनामा प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ।

राजीनामा स्वीकृतिका लागि प्रहरी प्रमुख आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ।

उनले पारिवारिक कामको कारणले राजीनामा दिएको उल्लेख गरेका छन्।

रानाभाट १८ साउन २०५८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। उनी २०८२ साउनमा एसएसपीमा बढुवा भएका थिए।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.