अछाममा ओली र रावल समूहको छुट्टाछुट्टै ‘ग्रास रुट’ कार्यक्रम

dream cafe
learnar

अछाम : नेकपा एमालेले सञ्चालन गरेको ग्रास रुट कार्यक्रममा नेता कार्यकर्ताबीच तीव्र मतभेद देखिएको छ । जिल्लाको साँफेबगरमा केपी ओली समूह र भीम रावल निकट समूहले छुट्टाछुट्टै ग्रास रुट कार्यक्रम गरेका छन्।

छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएपछि एक अर्काप्रति आरोप प्रत्यारोप समेत भएको छ। एक पक्षले आयोजना गरेको ग्रास रुट कार्यक्रममा सहभागी एमाले नेता भीम रावलले आफू हिजोको जनप्रतिनिधि भएकोले नगर कमिटीले बोलाएर आएको दाबी गरे।

त्यस्तै, अर्को पक्षले आयोजना गरेको कार्यक्रममा सहभागी पार्टीका पोलिटब्युरो सदस्य गौरी ओलीले आफूलाई पार्टीले अभियानका लागि खटाएकोले आफ्नो कार्यक्रम आधिकारिक रहेको दाबी गरिन्। उनले रावलको क्रियाकलाप बारे केन्द्रमा स्पष्ट रिपोर्टिङ गरेको बताइन्।

अजयमेरु फाैजी केरा

केन्द्रले साँफेबगर नगरपालिकामा अभियान सञ्चालनको लागि पोलिट ब्युरो सदस्य गौरी ओलीलाई पठाएकोमा भीम रावल पक्षले रावललाई प्रमुख अतिथि बनाएर छुटै कार्यक्रम सञ्चालन गरेको हो।

दुई पक्षले साँफेबगरमै छुट्टाछुट्टै कार्यक्रम गर्दा केही समय तनाव भएको थियो। पछि सुरक्षाकर्मी परिचालन गरी अवस्थालाई सामान्य पारिएको थियो । पार्टीको ब्यानरमा छुटै कार्यक्रम गर्ने कार्यविधि विधान विपरीत भएको एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहराले बताए।

भीम रावल अछाममा भएकाले रावललाई प्रमुख अतिथि बनाएर गौरी ओलीलाई विशिष्ट अतिथि बस्न भनेको तर उनले नमान्दा कार्यक्रम फरक–फरक भएको साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको भनाइ छ। आफू नगरको अध्यक्ष भएकोले रावल उपस्थित कार्यक्रम आधिकारिक भएको कुँवरको दाबी छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.