हमासले शनिबार थप ३ बन्धक छाड्दै, विपिन जोशीको रिहाइ अन्योल

dream cafe
learnar

काठमाडौं : इजरायल र प्यालेस्टिनी इस्लामी लडाकु समूह हमासबीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक(कैदी आदानप्रदान शनिबार हुने भएको छ।

शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

Amargadhi Education

‘इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरूको सूची प्राप्त गरेको छ। सूचीको पुनरवलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,’ प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अजयमेरु फाैजी केरा

यो समाचार तयार पार्दासम्म रिहा हुने बन्धकको नाम सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबै बन्धक परिवारलाई आईडीएफ (सैन्य) सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन्।’

शनिबार सार्वजनिक हुने सबै जीवित इजरायली पुरुष बन्धक रहेको पनि बताइएको छ।

योसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइ फेरि पनि अन्योल बनेको छ। चौथो चरणमा शनिबार बन्धक छाड्दा विपिन पनि मुक्त हुने अपेक्षा गरिएको थियो।

गत जनवरी १९ देखि युद्धविराम लागू भएयता हमासले तीनपटक गरेर अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेको छ भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.