नेकपा एकीकृत समाजवादीले सुरु ग¥यो अमरगढीमा घरदैलो अभियान

dream cafe
learnar

डडेल्धुराः आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले घरदैलो अभियान सुरु गरेको छ।

शनिबार नेकपा एकीकृत समाजवादी पार्टीले अमरगढी नगरपालिका–८ बाट घरदैलो अभियान सञ्चालन गरेको हो।

Ird

अमरगढीको बासीको माया र आशिर्वाद फेरि पाउने विश्वासका साथ घरदैलो अभियानमा लागेको नगरप्रमुख पदका उम्मेदवार संगिता भण्डारीले बताइन्।

प्रमुख पदमा विजयी भएमा अमरगढी बासीका समस्या र मागहरूलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ।

HARDIK AGRo NEw

‘उपप्रमुख भएर केही कामको थालनी गरेको छ। तर, कतिपय काम गर्न बाँकी रहेका छन्। बाँकी रहेका ति काम पूरा गर्ने जमर्कोका साथ मेयरमा उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्।

अमरगढी नगरपालिका–८बाट घरदैलो अभियान सञ्चालन गर्दा त्यहाँका स्थानीयले अविर र मालाले स्वागत गरेका छन्।

अमरगढी ८ मा जनताले देखाएको साथ र समर्थनले आफूहरू निकै हर्षित भएको नगर उपप्रमुख पदमा उम्मेदवार भुवन पाठकले बताए।

गाउँमा जनताले देखाएको माया र साथले अमरगढीमा आफूहरूको जित सुनिश्चि जस्तै रहेको उनी बताउँछन्।

नेकपा एकीकृत समाजवादी पार्टी अमरगढीमा निकै बलियो रहेको छ।

आसन्न स्थानीय तहको निर्वाचनमा अमरगढीमा  कलम चिन्ह्मा मतदान गरि आफूहरूलाई जिताउन उम्मेदवारले आग्रह गरेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.